एजेन्सी । शृङ्खलाबद्ध बर्खास्ती र नियुक्ति अनि अझै यस्तै भइरहने हल्लाका कारण अमेरिकी गुप्तचर तथा राष्ट्रिय सुरक्षा समुदायमा गहिरो अस्थिरता निम्तिएको छ । सुरक्षा संयन्त्रबाहिरका व्यक्तिरु राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्तिमा रहिरहनका लागि थालेकोे प्रयासको एक हिस्साका रुपमा यी कदम अघि बढाएको भन्दै चिन्तित छन् ।
यता, भित्रियाहरु व्यक्तिगत बदलाको भावनाबाट यो प्रेरित भएको देख्छन् र अन्तिम चरणमा देखिएको द्वन्द्वले ट्रम्पको राष्ट्रपति कार्यकाललाई धेरै हदसम्म परिभाषित गरिरहेको छ । तर, संक्रमणकालिन समयमा देखिएको यो अनिश्चितता र विभाजनले वास्तविक खतरा निम्त्याउनसक्ने भय छ ।
रक्षामन्त्रीसहित पेन्टागनका शीर्ष नेताहरुको बर्खास्तीलाई धेरैले केवल सुरुवात ठानेका छन् । केही घटनाले देखाएअनुसार, अफगानिस्तानबाट सेना फिर्ता बोलाउनेलगायत आफ्ना निश्चित नीतिगत लक्ष्यहरुलाई राष्ट्रपति ट्रम्पले अन्तिम दिनहरुमा हासिल गर्न चाहिरहेका छन् र त्यसको विरोध गर्नेहरुलाई हटाइरहेका छन् । तर धेरैजसो अवस्थामा राष्ट्रपतिले आफुभित्र गुम्सिएको आक्रोशलाई पोखेको र लामो लडाँइमा अन्तिम कदम चालिरहेको केही पर्यवेक्षकहरुको बुझाइ छ । सारमा, अमेरिकाको राष्ट्रिय सुरक्षा समुदाय ट्रम्पको निशानामा परेको छ, उनले आफुविरुद्ध गहिरो षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।
ट्रम्पको उम्मेदवारीलाई सहयोग मिल्नेगरी रुसले सन् २०१६ को निर्वाचनमा हस्तक्षेप गरेको थियो भन्ने गुप्तचर समुदायको प्रतिवेदनलाई उनले आफ्नो विजयको वैधतामाथिको खतराका रुपमा लिएका थिए र राष्ट्रपति बनेलगत्तै आक्रामक देखिएका थिए । त्यसयता उनी कहिल्यै रोकिएका छैनन् ।
पछिल्ला महिनाहरु उनले त्यस्ता सूचनाहरु सार्वजनिक गर्न कडा मेहिनत गरिरेका छन्, जसले उनीमाथि गरिएको मूल्याङ्क नै गलत थियो भन्ने उनको बुझाइमा समर्थन गर्छ ।
ट्रम्पले आफ्नो लक्ष्यमा सहयोग पुग्नेगरी राजनीतिक सहयोगी रिचार्ड ग्रेनिललाई राष्ट्रिय गुप्तचर संस्थाको निर्देशक बनाए, तर अझै उनले प्रतिरोध सामना गरिरहनुपरेको छ ।
सिआईए निर्देशक जिना हस्पेल पछिल्लोपटक बर्खास्तीको सूचीमा पर्ने व्यक्तिका रुपमा चर्चित छन् । नियुक्ती पाएयता उनी सही लाइनमै थिइन् । आलोचकहरुका अनुसार उनी ह्वाइटहाउससँग निकै नजिक रहिन्, उनको हाउभाउले यस्तै देखाएको उनीहरुको आरोप थियो । ट्रम्पले भाषण गर्दा उनले ताली पनि बजाएकी थिइन् । तर, समर्थकहरुका अनुसार एजेन्सीलाई राजनीतिकरण हुनबाट जोगाउन उनी चलाखीपूर्ण रुपमा राष्ट्रपतिको दाहिने भएकी थिइन् । हस्पेल बर्खास्तीमा परेमा उनीभन्दा अन्ध समर्थक निर्देशक भएर आउने समर्थकहरुको भय छ । २०१६ को रुसी हस्तक्षेपबारे बाहिर नआएका केही पक्षहरुलाई सार्वजनिक गर्न हस्पेलले देखाएको अनिच्छाका कारण राष्ट्रपतिका समर्थकहरु पछिल्लोपटक उनीसँग आक्रोशित बनेका छन् ।
र, अझै सबैभन्दा विवादीत बर्खास्ती एफबीआईका निर्देशक क्रिस वेको हुनसक्छ । जो बाइडेनका छोरा हन्टर बाइडेनको विदेशी व्यापार सम्बन्धबारे अनुसन्धान गर्नका लागि संघीय कानून आकर्षित गर्न असफल भएकोमा ट्रम्प उनीसँग आक्रोशित भएको अनुमान गरिएको छ । २०१६ मा तत्कालीन एफबिआईका निर्देशक जेम्स कोमेल इमेल प्रकरणबारे सार्वजनिक रुपमा बोल्दा हिलारीको निर्वाचन अभियानमा क्षति पुगेको थियो, ट्रम्प यसपटक यस्तै अवस्था हेर्न चाहन्थें ।
सिआईएका निर्देशकहरु प्रायः (सधैँ होइन) नयाँ राष्ट्रपतिले परिवर्तन गर्ने भएपनि एफबीआईका निर्देशकहरु १० वर्षे कार्यकालका लागि नियुक्त हुन्छन् ।
साइबर सेक्युरिटी तथा इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सिसा) का प्रमुख क्रिस क्रेब्स पनि समस्यामा परेको चर्चा छ, किनकी राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले फैलाएको मतदानको धाँधली र ठगीको दाबी झुठो थियो भनेर -युमर कन्ट्रोल नामक सिसाद्वारा सञ्चालित वेवसाइटले स्पष्टै भनिसकेको छ ।
बिदाइ हुन लागिसकेका पदहरुमा नयाँ नियुक्तीलाई लिएर पनि चासो छ । ट्रम्पले रक्षा विभागमा आफ्ना राजनीतिक सहयोगीहरुलाई माथिल्लो पद दिएका छन्, राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का प्रमुख जनरल पाउल नाकासोनको इच्छाविपरीत भर्खरै उनले आफ्ना सहयोगी माइकल इल्लिसलाई जनरल काउन्सिल बनाए ।
ट्रम्पको टोलीले राष्ट्रिय सुरक्षा प्रणालीमा आफ्ना मान्छेहरु पठाएर २० जनवरीमा जो बाइडेनले सपथ लिएपछि पनि आफ्नो भूमिका कायम राख्ने त होइनन् भन्न पनि चासो छ । अर्को विकल्प, आफ्ना सहयोगीहरुलाई उनीहरुको व्यक्तित्व (बायोडाटा) बनाउने दिने, उनीहरु चाँडै अगाडि बढेर अत्याधिक विवादास्पद नीतिहरु बनाउनेछन् भन्ने अपेक्षासहितको सामान्य इच्छा पनि हो ।
धेरैजसो अधिकारीहरुलाई हटाएर आफ्नै टोली बनाउन नयाँ राष्ट्रपति सक्षम हुनसक्लान्, तर त्यसको निहितार्थ कस्तो हुन्छ भन्ने चिन्ता पनि छ ।
जो बाइडेनको विजय ट्रम्पले अस्वीकार गर्नुको अर्थ गुप्तचर निकायबाट दैनिक प्राप्त हुने जानकारी बाइडेनलाई अझै प्राप्त भएको छैन, अमेरिकाले सामना गरिरहेका सुरक्षा खतराबारे गरिने यस्तो ब्रिफिङ परम्पराअनुसार भावी राष्ट्रपतिलाई पनि जानकारी हुन्छ । अवस्था यसैगरी अघि बढेमा नयाँ राष्ट्रिय सुरक्षा टोलीले त्यस्ता समस्या सामना गर्नुपर्नेछ, जसका लागि ऊ तयार भएको हुँदैन ।
यस्तो अस्थिर समयको अन्य देशले फाइदा उठाउने जोखिम पनि छ । उदाहरणका लागि, गत वर्ष जनवरीमा अमेरिकी आक्रमणमा मारिएका आफ्ना जनरल कासिम सुलेईमानीको हत्याको बदला ईरानले लिन खोजेको हुनसक्छ ।
कठिन परिवर्तनको वास्तविक प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्छ । ११ सेप्टेम्बरबारेको अध्ययनले देखाएअनुसार न्युयोर्क र वासिङटनमा भएका हमला रोक्न अमेरिका असफल हुनुमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नयाँ राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई छोटो अवधिमा सत्ता हस्तान्तरण गर्नु पनि एउटा कारण हुनसक्छ, २००० को निर्वाचिन विवादीत भएर अदालतसम्म पुगेकाले नयाँ राष्ट्रपतिको टुङ्गो लाग्न केही समय लाग्यो, जब यो विषय टुंगियो तब छोटो समयमै क्लिन्टनले बुुसलाई सत्ता हस्तान्तरण गर्नुप¥यो । नतिजा, नयाँ टोली पदपुर्ती हुन र त्यसले समयमै गति लिन सकस भयो । बीबीसी
Leave a Reply