Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीकाे ताप्लेजुङ जाने कार्यक्रम स्थगित

    प्रधानमन्त्री ओलीकाे ताप्लेजुङ जाने कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो ।

    प्रधानमन्त्री ताप्लेजुङ जाने भएपछि सुरक्षाको व्यवस्थाका साथै आवश्यक तयारी थालिएकोमा प्रप्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको जानकारी आएको प्रजिअ चापागाईँले बताए ।



    जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ जाने तयारी भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार