Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडाैं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    पछिल्लो २४ घण्टामा ३५२ महिला र ४५५ पुरुष गरी ८०७ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।



    देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् ।

    त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार