Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्याे

    विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्याे

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।

    साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।



    उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।



    ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार