Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिवलाई एसिड बेच्ने नागेन्द्र पक्राउ

    श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिवलाई एसिड बेच्ने नागेन्द्र पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 3.9K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले लक्ष्मी पूजाको दिन आफ्नी श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई ५८ बोतल एसिडसहित पक्राउ गरेको छ ।

    श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई भने प्रहरीले हिजै पक्राउ गरेको थियो । सन्जिव पक्राउ परेपछि त्यसको अनुसन्धानमा जुटेको प्रहरीले सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड लगेको पत्ता लगाएको थियो ।



    बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए ।



    एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको प्रहरीले जनाएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ ।

    पछिल्लो पटक साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ ।

    नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

    नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । नयाँ कानुन आइसकेपछि पहिलोपटक धनुषामा एसिड प्रहारको घटना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार