Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • आईसीयूमा बसेका मनोज गजुरेल जिते कोरोनालाई

    आईसीयूमा बसेका मनोज गजुरेल जिते कोरोनालाई

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।



    गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।



    गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्–‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’

    केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

    यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरेर आईसीयूमा राखेर उपचार गरिएको थियो ।

    उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

    उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार