Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघ्याे

    नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघ्याे

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ।

    गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो।



    पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार