Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेकपाको बिबादमा फेरी राष्ट्रपतिलाई मुछ्ने प्रयास

    नेकपाको बिबादमा फेरी राष्ट्रपतिलाई मुछ्ने प्रयास

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विकसित पछिल्ला घटनाक्रमका बारेमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु राष्ट्रपति विद्या भण्डारीसँग छलफल गर्न जाँदैछन् ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक अर्कामा पत्रयुद्ध चलिरहेको छ ।



    ओलीले प्रचण्डलाई पार्टी एकता गर्न नसकेको, महाधिवेशनसम्म कुर्ने धैर्यता नगरी पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्न खोजेको आरोप लगाएका छन् ।



    प्रचण्डले जवाफमा ओलीले ब्यक्तिवादी ढंगले सरकार संचालन गरेको र पार्टीको निर्णयलाई पालना नगरेको जस्ता आरोप लगाएका छन् ।

    अध्यक्षद्धयको पत्रयुद्धपछि नेकपा अब विभाजनतर्फ जाने चिन्ता कार्यकर्तामा ब्याप्त छ ।

    यही तरल अवस्थामा प्रधानमन्त्री ओलीसहितका उनको गुटका नेताहरु विकसित घटनाक्रम र आगामी दिनमा चाल्नुपर्ने रणनीतिका बिषष्मा छलफल गर्न राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितलनिवास जान लागेको बरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार