Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सचिवालय बैठकमा पेश भएकाे प्रस्तावकाे सार

    केपी ओली सच्चिनुबाहेक नेकपासँग अर्को कुनै विकल्प छैन : वामदेव गौतम

    केपी ओली सच्चिनुबाहेक नेकपासँग अर्को कुनै विकल्प छैन : वामदेव गौतम

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा पेश भएकाे प्रस्ताव प्रचण्ड एक्लैकाे नभएकाे प्रष्ट पारेका छन् ।

    शुक्रबार सचिवालय बैठकमा पेश भएकाे प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधरका नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने तर्क गरिरहेका छन् ।



    तर उपाध्यक्ष गौतमले सचिवालय बैठकमा पेश भएकाे प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको स्पष्ट पारेका हुन् ।



    त्यस्तै गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि जनाएका छन् ।

    ‘त्यो प्रस्ताव ध्वंश गर्न हैन, अध्यक्ष केपी कामरेडलाई सच्याउनका लागि आएको हो । उहाँ सच्चिनुबाहेक नेकपासँग अर्को कुनै समाधान छैन’, गौतमको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार