Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओली सच्चिनुबाहेक नेकपासँग अर्को कुनै विकल्प छैन : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठकमा पेश भएकाे प्रस्ताव प्रचण्ड एक्लैकाे नभएकाे प्रष्ट पारेका छन् ।

शुक्रबार सचिवालय बैठकमा पेश भएकाे प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधरका नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने तर्क गरिरहेका छन् ।

तर उपाध्यक्ष गौतमले सचिवालय बैठकमा पेश भएकाे प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको स्पष्ट पारेका हुन् ।

त्यस्तै गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि जनाएका छन् ।

‘त्यो प्रस्ताव ध्वंश गर्न हैन, अध्यक्ष केपी कामरेडलाई सच्याउनका लागि आएको हो । उहाँ सच्चिनुबाहेक नेकपासँग अर्को कुनै समाधान छैन’, गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077