Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राजमार्गमा चल्ने सवारीका चालक र सहचालकको स्वास्थ्य परीक्षण

    राजमार्गमा चल्ने सवारीका चालक र सहचालकको स्वास्थ्य परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । राजमार्गमा चल्ने सवारीका चालक तथा सहचालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ । ट्राफिक प्रहरी कार्यालय मुग्लिनले इलाका प्रहरी कार्यालय मुग्लिन र मुग्लिन हाइवे हस्पिटलको सहकार्यमा शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन बजारमा प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।

    मुग्लिन बजारस्थित रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिए ।



    सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिनमा आयोजना गरेको उनले बताए । उनले भने, “दुर्घटना न्यूनीकरणका लागि सवारी चालक स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहुँदैन ।



    उनीहरुको स्वास्थ्य जाँच गरेका हौँ ।” प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सहचालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनाबमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरीक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार