Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने घैंटेका सहयोगीद्वारा पेस्तोल देखाउँदै डिस्कोमा आक्रमण

    बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने घैंटेका सहयोगीद्वारा पेस्तोल देखाउँदै डिस्कोमा आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । राजधानीमा प्रहरीको भूमिका कमजोर बन्न थालेपछि गुण्डा समुह फेरी सल्बलाउन थालेको छ। प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’को समुह फेरी सल्बलाउन थालेको हो ।

    घैंटे समूहमा आवद्ध रहेका युवराज घले गुरुङले डिस्कोमा सेयर मागेको र नदिएपछि हिडेन डिस्कोका संचालक मीनबहादुर गुरुङ (राज )माथि बुधबार सांघातिक आक्रमण गरेका छन्। युवासंघ नेपालका केन्द्रीय सदस्य राजलार्ई घले समूहले आक्रमण गरेको हो ।



    घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि युवराज समूहले उनीमाथि आक्रमण गरेको थियो । युवराजको समूहले आक्रमण गरेपछि राज गुरुङले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कारबाहीका लागि उजुरी दिएका छन् ।



    उजुरीमा युवराजको समूहले पेस्तोल देखाएर जबरजस्ती डिस्कोमा शेयर मागेको र विना लगानी दिन नसक्ने बताएपछि आक्रमणमा उत्रिएको उल्लेख छ । आक्रमणपछि घाइते गुरुङको ग्रिनसिटी अस्पतालमा उपचार गरिएको उनका परिवारजनले बताएका छन् ।

    घैटे इन्काउन्टर घटनामा प्रहरीलाई धम्की दिएको आरोपमा युवराजलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरी मुद्दा चलाएर तीन बर्ष जेल संजाय भएको थियो । उनीसँग हातहतियार र बुलेटप्रुफ ज्याकेटसमेत फेला परेपछि जेल सजाय भएको थियो ।

    युवराज घलेको काम नै विनालगानी डिस्को र लाउन्जमा सेयर माग्ने र नदिए पेस्तोल देखाएर तर्साउने हुँदैआएको छ । अहिले पनि युवराजले काठमाडौंदेखि नुवाकोट र धादिङका ठेक्कापट्टामा उनले गुण्डागर्दी गरी असुली गर्ने गरेको आरोप छ ।

    काठमाडौं–नुवाकोटका कतिपय आयोजनाको ठेक्कामा युवराजले धम्क्याउने गरेको सूचना प्रहरीमा पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार