Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओलीले पार्टी निर्णयकाे अवज्ञा गर्दा नेकपा संकटमा परेकाे प्रचण्डसहित पाँच नेताको ठहर

    ओलीले पार्टी निर्णयकाे अवज्ञा गर्दा नेकपा संकटमा परेकाे प्रचण्डसहित पाँच नेताको ठहर

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका पाँच सदस्यले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र संकट पैदा गरेको दावी गरेका छन् ।

    बैठक माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले कात्तिक २२ मा ओलीलाई बुझाएको पत्रमा यस्तो दावी गरिएकाे छ । पत्रमा स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाभित्र संकट पैदा गरेको दावी गरिएकाे छ ।



    पत्रमा लेखिएको छ, ‘स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो ।



    तर व्यवहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ । तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार,नीति तथा विधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिइएको पार्टी निर्णयको कार्यान्वयनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार