Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • श्रोत नखुलेको ३ लाख ३० हजार रुपैयाँसहित किशोर पक्राउ

    श्रोत नखुलेको ३ लाख ३० हजार रुपैयाँसहित किशोर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.4K
    SHARES

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले ३ लाख ३० हजार रूपैयाँसहित गौर नगरपालिका-२ बाट एक किशोर पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।



    पक्राउ पर्नेमा राैतहटकाे राजपुर नगरपालिका-५ वस्ने शेख जाजुलको छोरा अन्दाजी वर्ष १९ का शेख नुरसैद रहेका छन् ।



    प्रहरीले उनलाई भारतबाट नेपाल फर्किदै गर्दा चेक गर्ने क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीले चेक गर्दा उनको साथबाट श्रोत नखुलेको ३ लाख ३० हजार फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

    बरामद रकमसहित नुरसैदलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार