Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सबै शहरी सडकमा साइकल लेन अनिवार्य : मन्त्री श्रेष्ठ

    सबै शहरी सडकमा साइकल लेन अनिवार्य : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांश निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् ।

    मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिएका छन् ।



    साइकलप्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताएका छन् ।



    उनले भने–वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ । ‘साइकलप्रेमी युवा अभियन्ताले दिएका सुझावलाई कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु– मन्त्री श्रेष्ठको भनाइ थियो ।

    उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाई भूमिका खेल्ने बताए ।

    मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

    सो कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भने, पोखरा, भरतपुर, काठमाडौ, विराटनगर, जनकपुरलगायत ठूला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यसबाहेक हाल निर्माणाधीन सडकमा हल लेन हुनैपर्छ ।

    केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउँदै अब नया बन्ने सबै सहरमा साइकल लेन बन्ने बताएका छन् । उनले भने–वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपूर्ण भूमिका राख्ने बताउँदै मानव स्वाथ्य र वातावरणको लागि साइकल लेन आवश्यक रहेको छ ।

    अब शहरी सडक निर्माणको क्रममा योजना तय गर्न सोसाइटीलाई समेत सहभागिता जनाउने गरी व्यवस्था गर्ने छौ–उनले भने । सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरे ।

    उनले नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाव दिए । ‘नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भै कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गीकरण गर्नुपर्छ ।

    उनले सडक करिडोर, रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै भने–साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्छ ।

    सोसाइटीले विभिन्न माहानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन , साइकल स्टेण्ड निर्माण सहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ ।

    सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांस देशका सडकमा साइकल लेन निर्माण भएको स्मारण गराउदै नेपालका ठूला सडकमा पनि साइकल लेन बनाउन सुझाव दिए ।

    सोही अवसरमा सोसाइटीले साइकलिष्ट तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकलप्रेमी एवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्न आग्रह गरेको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र साइकलप्रेमी श्याम श्रेष्ठको सम्झनामा बल्खुमा पार्क बनाउने विषयमा पहल गर्ने बताए ।

    सोसाइटीका सल्लाहकार वन्त, सृष्टीना श्रेष्ठ, सरिता मास्के, शैल श्रेष्ठ, राजेश महर्जन ,मधुकर महर्जन, रुबिन सिंह महर्जनले मन्त्री श्रेष्ठ र सचिव सिहलाई मागपत्र पेश गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार