काठमाडौं । २१ वटा राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । जसमा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समेत रहेको छ ।
जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले मंसिर ७ गते माइतिघरमा सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकले एमसीसी खारेज, भारतले अतिक्रमा गरेको लिपुलेक, लिम्पियाधुरा र लिपुलेक, सुस्ता महेशपुर आदि भू–भागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोरोना रोकथाम तथा नियन्त्रण र निःशुल्क उपचार, बेराजगार र उखु किसानको बक्यौता रकम तुरुन्त दिन माग गर्दै सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
यस्तो छ २१ दलको प्रेस विज्ञिप्ति
Leave a Reply