Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लक्ष्मीपूजामा निर्धक्क भएर बिजुली बाल्नोस् : प्राधिकरण

    लक्ष्मीपूजामा निर्धक्क भएर बिजुली बाल्नोस् : प्राधिकरण

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तिहारको लक्ष्मीपूजाको दिन लोडसेडिङ नहुने जनाएको छ ।

    लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।



    प्राधिकरणले कोभिड–१९ को कारण गत वर्षको तुलनामा यसपालि लक्ष्मीपूजाको दिन कम बिजुली खपत हुने प्रक्षेपण गरेको छ ।



    कोभिड–१९ का कारण ठूला होटल र अन्य औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा नआएकाले यसपालि लोड कम हुने प्रक्षेपण प्राधिकरणको छ ।

    प्राधिकरणले गत वर्षको लक्ष्मीपूजाको दिन बेलुका साढे ६ बजेको पिक डिमान्ड १०८९ मेगावाट रेकर्ड गरेको थियो । गत वर्षको तिहारको बेला उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत् माग करिब ३०० मेगावाट छ । पोहोर संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमान्ड ३३१ मेगावाट रेकर्ड भएको थियो । त्यसैगरी, २०७५ सालको लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११०५ मेगावाट पुगेको थियो ।

    प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको दिन भने अधिकतम ११०० देखि ११५० मेगावाट बिजुली खपत हुने प्रक्षेपण गरेको छ ।

    प्राधिकरण मातहतका आयोजनाबाट ५३० मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ७५० मेगावाट र भारतबाट एक सय ६० मेगावाट आयात गरेर लोड व्यवस्थापन गर्ने तयारी छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ३०० मेगावाट बिजुली माग हुने प्रक्षेपण गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार