Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अपडेट: बैतडी बस दुर्घटनामा नौ जना मृतकको पहिचान खुल्यो

कैलाली। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

मृतक मध्य ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द रहेका छन। त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्यु भएका अन्य ३ जनाको भने पहिचान खुल्न सकेको छैन ।मृतक मध्य १ जनाको शव डडेल्धुरा अस्पताल र बाकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका छन। घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077