Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ७ लाख रूपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ

    ७ लाख रूपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.8K
    SHARES

    सिराहा । प्रहरीले करिब ७ लाख रूपैयाँ नक्कली नाेटसहित सिराहाबाट तीन जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका-६ स्थित वीरेन्द्र महतोको घरमा डेरा गरी बसेका कल्याणपुर नगरपालिका-७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज राय र २० वर्षीय सञ्जय कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।



    गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस गोलबजारबाट खटेको संयुक्त टोलीले तीनै जनालाई बिहीबार पक्राउ गरिएकाे प्रवक्ता शर्माले जानकारी दिए।



    उनीहरूको साथबाट एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप १ थान, क्यानन कम्पनीको प्रिन्टर १ थान, प्लाष्टिकको फोल्डिङ सानो टेबल १ थान, स्केल स्टिलको ३ थान, कैंची २ थान र मोटरसाइकल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार