Online Nepal
  • मंगलबार, २७ कार्तिक २०८१
  • १८ वर्षीया युवतीको गोली हानी हत्या

    १८ वर्षीया युवतीको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा सुतिरहेकै ठाउँमा मध्यरातमा १८ वर्षीया युवतीको गोली हानी हत्या भएको छ ।

    माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।



    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको हो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



    मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।

    शौचालयबाट निस्केर कोठामा पुग्दा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।

    विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गर्यो सो बारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । युवतीको हत्या प्रेम सम्बन्धको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग अमृताको विवाह भएको थियो । असारमा युवती अमृता कुमारीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा बस्दै आएकी थिइन् ।

    घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार