Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कलंकीमा राेकिरहेकाे ट्रकमा गाडी ठोक्कियो, तीन जनाकाे मृत्यु

काठमाडाैँ । कलंकीमा राेकिरहेकाे ट्रकमा गाडी ठोक्किएर दुर्घटना भएकाे छ। कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु समेत भएकाे छ ।

बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।

 

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बाेहाेराका अनुसार मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेका छन्।

डीएसपी बाेहाेराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए । कुखुरा बाेक्ने गाडीमा सवार ४ जना नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जना व्यक्तिको मृत्यु भएको डिएसपी बाेहाेराकाे भनाइ छ ।

यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077