Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जुवाको खालबाट दुई लाख रकमसहित आठ जना पक्राउ

    जुवाको खालबाट दुई लाख रकमसहित आठ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए ।

    पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार