Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएलको उपाधि मुम्बई इण्डियन्सलाई

    आईपीएलको उपाधि मुम्बई इण्डियन्सलाई

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को  उपाधि मुम्बई इण्डियन्सले हात पार्न सफल भएको छ ।

    दिल्ली क्यापिटल्स फाइलनमा मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको छ। मंगलबार दुबईमा भएको फाइनलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले पाँच विकेट गुमाएर जित हासिल गरेको हो ।



    मुम्बईलाई उपाधि दिलाउन फाइनलमा बलिंगतर्फ ट्रेन्ट बोल्ट र जयन्त यादवले सनसनीपूर्ण योगदान दिए भने ब्याटिंगमा कप्तान रोहित शर्मा, इशान किसन र सूर्यकुमार यादवले योगदान दिए।



    टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

    मार्कस स्टोइनिस पहिलो बलमै आउट हुँदा दिल्लीलाई ठूलो झड्का लागेको थियो ।  दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए ।

    पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए । दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। त्यसैगरी दिल्लीका भरोसा मानिएका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरे ।

    सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस ऐर र ऋषव पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासे । पन्तले ३८ बलमा ५६ रन बनाए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए ।

    दिल्लीका शिमरोन हेटमायर पाँच रनमा आउट भए भने अक्षर पटेल नौ रनमा आउट भए । कासिगो राबडा अन्तिम बलमा शून्य रनमै आउट भएका थिए । मुम्बईका लागि रोहित शर्माले ५१ बलमा ६८ रन बनाए।

    यस्तै इशान किसानले १९ बलमा नटआउट ३३ रन बनाएपछि टिमले पाँचौ पटक तथा लगातार दोस्रो पटक उपाधि उचाल्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार