Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुम्बईलाई दिल्लीले दियो १५७ रनको चुनौती

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)  दिल्ली क्यापिट्ल्सले मुम्बई इन्डियन्सलाई १५७ रनको चुनौती दिएको छ ।

साविक विजेता मुम्बई इन्डियन्सलाई पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिट्ल्सले सात विकेटको क्षतिमा १५७ रनको चुनौती दिएको हो ।

दिल्लीले तीन ओभर खेल्दा तीन विकेट गुमाइसकेको थियो । पूरै २० ओभर खेल्दै दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

मार्कस स्टोइनिस पहिलो बलमै आउट हुँदा दिल्लीलाई ठूलो झड्का लागेको थियो ।  दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए ।

पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए । दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। त्यसैगरी दिल्लीका भरोसा मानिएका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरे ।

सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस ऐर र ऋषव पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासे । पन्तले ३८ बलमा ५६ रन बनाए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए ।

दिल्लीका शिमरोन हेटमायर पाँच रनमा आउट भए भने अक्षर पटेल नौ रनमा आउट भए । कासिगो राबडा अन्तिम बलमा शून्य रनमै आउट भए ।

मुम्बईले जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077