Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २० वर्ष कैदकाे फैसला सुनाइएका अभियुक्त दश वर्षपछि पक्राउ

    २० वर्ष कैदकाे फैसला सुनाइएका अभियुक्त दश वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 3.5K
    SHARES

    सांकेतिक तस्विर

    ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् ।



    प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए ।



    उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो ।

    घटना पश्चात विजय विदेशमा समेत बसेको र फर्किएर विभिन्न ठाउँमा लुकेर बसेको पाईएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार