Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन्।

कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न बुधबार प्रधानमन्त्री ओली संखुवासभासँग सीमा जोडिएको क्षेत्र जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताउँदै आएका प्रधानमन्त्री दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि पहिलो पटक राजधानी बाहिर जान लागेका हुन्।

कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077