Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीमा विकृति, डिआइजीहरु असुलीमै व्यस्त

काठमाडौं। अवकाशको मुखमा रहेका डिआइजीहरुलाई बाहिनीको इन्चार्जको जिम्मेवारी दिँदा सशस्त्र प्रहरी बलमा विकृति बढेको छ ।

आठमध्ये चार बाहिनीका डिआइजीको जागिर अवधि एक महिना मात्र बाँकी छ । अवकाशअघि उनीहरुको ध्यान शान्ति सुरक्षा भन्दा असुलीमा केन्द्रित भएको समाचार छ ।

२ नम्बर प्रदेशका डिआइजी कृष्णभक्त ब्रम्हाचार्य, गण्डकी प्रदेशका डिआइजी राजेन्द्र बस्नेत, ६ नम्बर प्रदेशका डिआइजी हरिश्चन्द्र अधिकारी, ७ नम्बर प्रदेशका डिआइजी हरिशंकर बुढाथोकी मंसिर अन्तिम साताबाट अवकाश पाउँदैछन् ।

अवकाशअघि उनीहरुले मातहतका गणका इन्चार्जहरुलाई खर्च माग्दै अनावश्यक दुःख दिएको स्रोत बताउँछ । केही गणपतिहरु भने डिआइजीसँगै मिलेर सेटिङमै तस्करीको लाइन खुलाएका छन् ।

गण्डकी प्रदेशका डिआइजी पोखरेल त अनुगमनका नाममा सपरिवार घुमघाममा निस्किएका छन् । खर्च पठाउन भन्दै उनले दुःख दिँदै आएको एक गणपतिले बताए । प्रदेश नम्बर २ मा पनि डिआइजीकी निर्देशनमा विभिन्न नाकाबाट तस्करी भइरहेको छ । चाडपर्वको समयमा भारतबाट तस्करी मौलाउने गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत एआइजी नारायणबाबु थापा पनि अवकाशअघि घुमघाममा निस्किएका छन् । पुस २९ गतेबाट अवकाश हुन लागेका एआईजी थापा यतिखेर ६ नम्बर प्रदेशको उत्तरी क्षेत्र घुमघाममा छन् ।

डोल्पाको सेफोक्सुन्डो ताल पुगेका उनी त्यहाँबाट मुगुको रारा पुगेका छन् । अवकाशअघि यसरी घुम्न जाँदा जिल्लाका सशस्त्र प्रहरीले आतिथ्यता दिने भएकाले उनी घुम्न निस्किएको चर्चा हलचोकमा छ ।

उता चाडपर्वको समयमा तराईका जिल्लाहरुमा सशस्त्र प्रहरीकै जिल्ला इन्चार्जहरुको मिलमेतोमा तस्करी मौलाएको छ । सिं स २ का एसपीहरुलाई गणपति बनाएपछि कार्यशैलीमा सुधार आउने अपेक्षा गरिएपनि उनीहरु पनि पैसा कमाउनमै तल्लिन देखिएका छन्,दृष्‍टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077