Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • व्यवसायीलाई झुटो आश्वासन दिएर चुनाव जित्ने दाउमा ढकाल, अबैध लगानीमा रमाउँदै

    व्यवसायीलाई झुटो आश्वासन दिएर चुनाव जित्ने दाउमा ढकाल, अबैध लगानीमा रमाउँदै

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । २०७६ चैत २८ गते तय भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव कोरोना महामारीका कारण मंसिर ११ गतेका लागि तय भएको छ ।

    त्यसैले पनि यतिबेला महासंघमा चुनावी सरगर्मी बढेको छ। वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन्। दुबै उम्मेदवारले प्यान नै बनाएका छन् ।



    वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा महासंघको अध्यक्ष बन्ने भएकाले उपाध्यक्षको निर्वाचनलाई महासंघमा प्रमुख मानिन्छ ।



    कोरोना महामारीका बेला पनि ढकाल र प्रधान चुनावी प्रचारप्रसारका लागि राजधानी बाहिर छन् ।

    ढकाल यतिबेला सुदूरपश्चिम र मध्यमश्चिमको भ्रमणमा छन् भने प्रधान विराटनगरमा बसेर आफ्नो माहोल बनाइरहेका छन् ।

    ढकाललाई प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनीलगायतले लविङ गर्न थालेपछि प्रधान समूह आक्रोशित बनेको उक्त समूहका एक उम्मेदवारले बताए । सरकारी कर्मचारीहरूले कमाएको कालो धन समेत ढकालको बैंकमा रहेको हुँदा उनलाई कर्मचारीबृत्तको ठूलो सहयोग रहँदै आएको जानकार स्रोत बताउँछ ।

    त्यसो त ढकाल र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि रहस्यमय सम्बन्ध रहँदै आएको छ । ढकालले व्यवसाय स्थापित गर्दा शुरूमा प्रचण्डको पैसा चलाएकाले अहिले प्रचण्डलाई समस्या परेका बेला सहयोग गर्दै आइरहेको स्रोतको भनाइ छ । प्रधान समूह निकट व्यवसायीका अनुसार अहिले ओलीले भन्दा बढि प्रचण्डले ढकालको लविङ गरिरहेका छन् ।

    प्रधानमन्त्रीदेखि राजनीतिक नेतृत्वबाट नै आशिर्वाद पाएका ढकाल यतिबेलला आफू अध्यक्ष रहेको आइएमई ग्रुपको सञ्जाल नै चुनावमा प्रयोग गरिरहेका छन् ।

    ग्लोबल आइएमई बैंकबाट व्यापारी–व्यवसायीहरुलाई सहुलियत दरमा पुनर्कर्जा दिने भन्दै ढकालले उनीहरुलाई झुटो आश्वासन दिएर आफ्नो पक्षमा तानिरहेका छन् ।

    महासंघका सदस्य तथा पदाधिकारीले यसपटक प्रधानलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाउने र अर्को पटक ढकाललाई पालो दिने प्रस्ताव गरेका थिए।

    तर, आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले आफ्नो पहुँच राजनीतिक दलका नेताहरुसँग रहेको भन्दै कुनै पनि प्रस्ताव मानेका छैनन्।

    चुनावलाई आफ्नो प्रभावमा पार्न ठूलो आर्थिक चलखेल गरिरहेका ढकाल कुनै पनि हालतमा पछि हट्ने मनस्थितिमा छैनन् ।

    ढकालले चन्द्रागिरीमा केवलकारको प्रोजेक्ट गर्दा सरकारलाई प्रभावमा पारी न्यूनतम रकममा जग्गा भाडामा लिएको, बन फँडानी गरी वातावरण प्रदूषण गराएको मुद्दा खेपिरहेका छन् ।

    महासंघका अधिकांश पदाधिकारीहरु किशोर प्रधानको पक्षमा भए पनि ढकाल भने पैसा र राजनीतिक पहुँचकै भरमाम चुनाव जित्ने लक्ष्यका साथ अगाडि बढेको स्रोत बताउँछ ।

    अबका अध्यक्ष शेखर गोल्छाले प्रधानलाई नै साथ दिए पनि महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल भने चन्द्र ढकालकै पक्षमा छन्। चण्डीराज आफै बैंक डिफल्टर समेत हुन् ।

    प्रधान यसअघिको निर्वाचनमा गोल्छासँग पराजित भएका थिए । तर, महासंघमा लामो अनुभव भएका भन्दै महासंघले प्रधानलाई उपाध्यक्षमा मनोनित गरेको थियो।

    विवादित छवीका ढकाल
    जुन पार्टी सरकारमा आए पनि प्रभावमा पार्न सफल ढकालले चन्द्रागिरी केवलकार निर्माणका लागि वनको जग्गा कौडीको मूल्यमा हडपेका छन् ।

    सरकारी वन कौडीको मूल्यमा हडपेका ढकालले चन्द्रागिरी केवलकारमा मनग्य फाइदा लिएपछि संभावित अन्य क्षेत्रका केवलकारको अनुमति लिनेहरुलाई पनि वन कार्यालयदेखि विभिन्न कानुनी अड्चन पैदा गरी काम गर्न नदिएको आरोप छ ।

    अरुणकुमार सुवेदीले मुक्तिनाथ केवलकारको अनुमति पाए पनि ढकालले नै वन कार्यालयमार्फत् भाँजो हालेर काममा काम गर्न दिएका छैनन् । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म ८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने केवलकारमा ६ वटा स्टेशन रहनेछन् ।

    जुन केवलकारमा भारतीय सन्तमहन्तहरुको समेत चासो रहेको र लगानी समेत गर्ने थाहा पाएपछि ढकालले उक्त परियोजना हत्याउने हत्कण्डा प्रयोग गर्दैआएका छन् । यसरी अरुले ब्यवसाय गर्न खोज्दा षडयन्त्र गर्ने ढकाल कसरी उद्योगी ब्यापारीका नेता हुनसक्छन् भन्ने आम व्यवसायीहरुमाझ प्रश्न उठेको छ ।

    त्यसो त ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको बिषय पनि उठ्दैआएको छ । उनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन विपरीत रिसोर्ट निर्माण गरेको खुलिसकेको छ । तर, पनि राज्यका निकायहरुलाई प्रभावमा पारेका कारण उनीमाथि कुनै पनि कारबाही हुन सकेको छैन ।

    चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरिरहेको रिसोर्टको संरचना अवैधानिक भएकाले पर्यटन विभागलले स्तरीकरण प्रक्रिया पनि रोकेको थियो । इआइए रिपोर्टमा रिसोर्टको संरचना निर्माणमा ४० वटा हटस्पट भवनहरु बनाउने उल्लेख छ । तर, व्यवसायी ढकालले रिपोर्टको बर्खिलाप ६० स्टोरेजका ठूला भवन निर्माण गरेर राज्यलाई खुल्ला चुनौति दिंदै आएका छन् ।

    हुन्डी कारोबारबाट व्यवसायमा छिरेकाे आराेप लाग्दै आएका चन्द्र ढकालको ब्यापार दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि हुँदै गएको जगजाहेर छ । ढकालले अरबौंको साम्राज्य कसरी बनाए भन्ने कुरा खोजीको बिषय बन्ने गरेको छ । नेपालका राजनीतिक दलका नेता, मन्त्री र उच्च प्रशासकहरुको भ्रष्टाचारको लगानी चन्द्र ढकालको ब्यापारमा रहेको बिषयमा सरोकारवाला निकायले खोजी गर्ने आँट गर्न सक्दैनन् ।

    नेपालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खुद्रा मसिना गुण्डानाइकेहरुको सम्पत्ति छानबिन गर्नेबाहेक अरबौंको भष्टाचारको धन लगानी भएका ढकालहरुको ब्यवसायमाथि छानबिन गर्ने हिम्मत गर्न सक्दैन ।

    कुनै समय सिआईबी र सम्पत्ति सुद्दिकरण विभागले ढकालको अबैध सम्पत्तिको स्रोत छानविन गर्न खोज्दा उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लगाएर कारबाहीबाट जोगिएका थिए । त्यतिखेर सिटौला गृहमन्त्री थिए । सिटौलालाई उनले चण्डोलमा घर समेत किनिदिएको त्यतिबेलै खुलेको थियो ।

    चन्द्र ढकालको आईएमई ग्रुपदेखि इन्भेष्टमेन्ट कम्पनीमा भ्रष्टाचारको धन लगानी भएको खुलिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन टोखा नगरपालिकका कार्यकारी अधिकृत ऋषिराम अर्यालले भ्रष्टाचार गरी गैरकानुनी रुपमा १८ करोड रुपैयाँ आर्जन गरेको २०७७ जेठ ७ मा विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५८ को दफा ४७ बमोजिम मुद्दा दायर गरेको थियो ।

    अधिकृत अर्यालले भ्रष्टाचार गरेको सम्पत्ति चन्द्र ढकालको आईएमई ग्रुपको इन्भेष्टमेन्ट कम्पनीमा लगानी गरेको तथ्य अख्तियारको अनुसन्धानमा खुलेको थियो ।

    आईएमई ग्रुपका अम्बिका पौडेल र ऋषिराम अर्याल मिलेर इन्भेष्टमेन्ट कम्पनी खोली सेयर र घरजग्गामा लगानी गर्दैआएका थिए । बारामा मात्रै हालसालै उक्त इन्भेष्टमेन्ट कम्पनीबाट अर्याल र पौडेलले करिब ३५ बिगाहा जमिन खरिद गरी प्लटिङ गरिरहेको अख्तियारको अनुसन्धानमा खुलेको थियो ।

    उक्त इन्भेष्टमेन्ट कम्पनी पनि आइएमई ग्रुपका अध्यक्ष ढकालले नै आफ्ना नातेदार अम्बिका पौडेलको नाममा खोलेका हुन् । जहाँ शिक्षा मन्त्रालयको सहसचिव हुँदै सहकारी विभागको रजिष्टार भएर अकूत सम्पत्ति आर्जन गरेका महेश्वर पौडेलको पनि लगानी भएको अख्तियारको अनुसन्धानका क्रममा खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार