Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमणबाट कैलालीमा २ जनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.2K
    SHARES

    कैलाली । कोरोना संक्रमणबाट कैलालीमा सोमबार बिहान २ जनाको मृत्यु भएको छ ।

    टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।



    २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।



    धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार