Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मोटरसाइकल चोरी गर्ने सात पक्राउ, गिरोहका नाइके प्रहरीकै वरिपरी

    मोटरसाइकल चोरी गर्ने सात पक्राउ, गिरोहका नाइके प्रहरीकै वरिपरी

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 4.9K
    SHARES

    चितवन। चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोहको बिगबिगी रहेको पाइएको छ। मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न थालेपछि गिरोहको बिगबिगी खुलेको हो।

    प्रहरीले चोरीलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेपछि संलग्नहरु पक्राउ पर्न थालेका हुन्। तर, गिरोहका मुख्य नाइकेलाई भने प्रहरीले नै संरक्षण गर्दै आएको छ।



    जिल्ला प्रहरी कार्यालय चितवनले  जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ ।



    मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।

    चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

    यता चोर्ने र किन्नेलाई प्रहरीले पक्राउ गरेपनि चोरी गिरोहका नाइके दीपेन्द्र श्रेष्ठ ‘दिपु’ ले लामो समयदेखि प्रहरीसँग सेटिङ मिलाएर चोरीका गाडी र मोटरसाइकल कारोबार गर्दै आएका छन् ।

    दिपु जस्तै अर्का  नाइके रोहित श्रेष्ठको धन्दा पनि उही हो। उनीहरुको सेटिङ बिग्रेपछि मात्र प्रहरीले चोरीमा संलग्न भन्दै पक्राउ गर्दै आएको स्रोत वताउँछ। दिपु गिरोहको प्रहरीका उच्च हाकिमहरुसँग उठबस रहंदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार