Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओलीमार्फत राजसंस्था स्थापना गर्ने भारतीय गुप्तचर संस्थाको योजना, प्रचण्डले पाए चाल !

    ओलीमार्फत राजसंस्था स्थापना गर्ने भारतीय गुप्तचर संस्थाको योजना, प्रचण्डले पाए चाल !

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 6K
    SHARES

    काठमाडौं । गत कात्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल विशेष विमानद्वारा नेपाल आए ।

    प्रधानमन्त्री केपी ओलीसँग मध्यरातमा करिब तीन घन्टा भेटवार्ता गरी फर्के । यो घटनाले मुलुकको राजनीति तरंगित भइरहेको छ । तर उक्त भेटघाट किन र केका लागि थियो रु भन्ने कुरा धेरैले थाहा पाएका छैनन्, जतिले थाहा पाएका छन् उनीहरूले पनि आफ्ना निकटस्थहरूमा मात्रै सीमित राखेका छन् ।



    समाचार स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै अनौपचारिक विशेष दूतका रूपमा गोयल नेपाल आएका हुन्, राजसंस्थाको पुनर्बहाली गोयलको नेपाल भ्रमणको मुख्य उद्देश्य हो भनिन्छ ।



    यही विषयमा प्रधानमन्त्री ओलीसँग गोयलको तीन घन्टा लामो विशेष कुराकानी भएको समाचार स्रोतले जनाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोयलको एजेन्डा राजतन्त्र पुनर्बहाली हो भन्ने कुरा प्रधानमन्त्री ओलीलाई भेटेको १७ घन्टापछि मात्रै आफूले थाहा पाएको निकटस्थहरूसँग बताएका छन् ।

    प्रधानमन्त्री ओलीले सुरुमा ‘रअ’ का प्रमुख गोयलको नेपाल भ्रमणलाई नै गोप्य राख्ने प्रयत्न गरेका थिए । त्यसपछि भेटघाटलाई गोप्य राख्ने प्रयत्न गरे । सुरुमा त बालुवाटारले भेटघाटको समाचार नै झुटो भएको प्रतिक्रिया दियो ।

    मिडियामा समय अवधिसमेत छताछुल्ल भएपछि मात्रै प्रेस सल्लहकार सूर्य थापाले फेसबुकमा लेखेर त्यसको पुष्टि गरेका हुन् । तर त्यति लामो कुराकानीको विषय के थियो ?भन्ने कुरा अझै गोप्य राखिएको छ ।

    यसैगरी प्रचण्डले त्यो भेटघाटको विषयवस्तु कुन माध्यमद्वारा प्राप्त गरे ? भन्ने प्रश्न पनि नेकपा वृत्तमा छलफलको विषय बनेको छ । यदि प्रचण्डले सही सूचना पाएकै हुन् भने प्रधानमन्त्री ओलीलाई ढाल्न सजिलै बहुमत पुग्ने नेकपाका एक नेताले बताए ।

    प्रधानमन्त्री ओली विगतदेखि नै राजतन्त्रप्रति लोयल हुन् । उनी जनआन्दोलन २०६२–६३ को पनि खिलापमा थिए । शाही शासनकालमा उपप्रधानमन्त्री बन्न ठिक्क परेका ओलीसँग दरबारले राजनीतिक परामर्श लिने गरेको नेकपाकै जिम्मेवार नेता अमिक शेरचनले दुई वर्षअघि सार्वजनिक गरेका थिए । ‘राजतन्त्र फाल्न खोज्नु भनेको बयलगाडामा चढेर अमेरिका जान खोज्नु जस्तै हो’ भन्ने ओलीको त्यतिबेलाको चर्चित प्रतिक्रियाका विषयलाई अनेकथरी शंका गरिन्छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाह र ओलीबीच मध्यस्थताको भूमिका कसले निर्वाह गरिरहेको छ ?  भन्ने सन्दर्भमा भने अनेकथरी अड्कलबाजी गरिएको छ । केहीले डा.दिव्यासिंह शाहको नाम लिने गरेका छन् । उनी प्रधानमन्त्री बन्नुभन्दा पहिलेदेखि नै ओलीकी निजी चिकित्सक हुन् ।

    तर उनको पूर्वराजपरिवारसँग के कस्तो संलग्नता छ ?  भन्ने स्पष्ट हुन सकेको छैन । उनको माइती बझाङको राजखलक हो । उनको माइतीतर्फको परिवार चार–पाँच पुस्तादेखि काठमाडौं बस्दै आएको छ ।

    उनका पिता टोपबहादुर सिंह पञ्चायतकालमा सर्वोच्च अदालतको न्यायाधीश बनाइएका थिए । जसरी राजा त्रिभुवनले आफ्ना निजी पहलमान धर्मभक्त माथेमामार्फत प्रजापरिषद्सँग सम्पर्क बढाएका थिए, त्यसरी नै पूर्वराजा शाहले डा.दिव्यामार्फत ओलीसँग नियमित सम्पर्क गरेको बताइए पनि पुष्टि हुन सकेको छैन,आजको तरुण साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार