Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • १२ हजार ३११ परीक्षण गर्दा २८१७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

    १२ हजार ३११ परीक्षण गर्दा २८१७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा मपछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।



    पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।

    यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार