Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रेड पाण्डाको छालासहित एक गिराेह पक्राउ

    रेड पाण्डाको छालासहित एक गिराेह पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले रेड पाण्डाको छालासहित एक गिराेहलाई पक्राउ गरेकाे छ।

    ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छालासहित गिराेहमा संलग्न ६ जनालाई पक्राउ गरेको हाे।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४३ बर्षिय सुनिल गोले, २४ बर्षिय प्रकाश तामाङ, भोजपुरका ४१ बर्षिय सन बहादुर राई, खोटाङका १७ बर्षिय सोनाम राई, ताप्लेजुङका ३५ बर्षिय दिपक लिम्बु र सिन्धुलीका अम्बर बहादुर तामाङ छन् ।



    महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई ९ फिट चौंडाई भएको रेड पाण्डाको छाला बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार