Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रदेश-२ थपिए ८३ काेराेना संक्रमित, ४७ जना डिस्चार्ज

    प्रदेश-२ थपिए ८३ काेराेना संक्रमित, ४७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । प्रदेश २ मा शुक्रवार ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १६ महिला र ६७ पुरुष गरी ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश-२ का बरिष्ठ चिकित्सक डा. कमलेश प्रशाद यादवले जानकारी दिए।



    शुक्रवार प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहामा ७ महिला र १७ पुरुष गरी २४ जनामा कोराना संक्रमण पुष्टि भएको हो।



    यस्तै, धनुषामा २ महिला र २१ पुरुष गरी २३ जना, पर्सामा ४ महिला र ६ पुरुष गरी १० जना, सप्तरीमा ८ जना पुरुष, महोत्तरीमा १ महिला र ६ पुरुष गरी ७ जना, रौतहटमा ५जना पुरुष, बारामा १ महिला र २ पुरुष गरी ३ जना, सर्लाहीमा १ महिला र १ पुरुष तथा अन्य प्रदेशका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको चिकित्सक यादवले जानकारी दिए।

    यस्तै, शुक्रवार प्रदेशमा ११ जना महिला र ३६ जना पुरुष गरी कुल ४७ जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्केका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ६ सय ५८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार