Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिआईबीद्वारा ढकाल समूहका उपाध्यक्षका उम्मेदवार संघाईमाथि अनुसन्धान !

    सिआईबीद्वारा ढकाल समूहका उपाध्यक्षका उम्मेदवार संघाईमाथि अनुसन्धान !

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको समूहमा एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका रामचन्द्र संघाईमाथि ठगी र मुद्रा अपचलन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएको खुलेको छ ।

    सिद्धार्थ ग्यास उद्योगमा  संचालकमाथिको ठगी कान्ड तथा मुद्रा अपचलनमा समेत संघाइको सँलग्नता  देखिएपछि सिआईबीले बयान लिएर गम्भिर रुपमा अनुसन्धान गरिरहेको स्रोतले वतायो।



    संघाईले पनि आफू सिआईबी गएर बयान दिएको अनलाईन नेपालसँग स्वीकारेका छन् । तपाईंलाई सिआईबीले बयान लिएको हो भन्ने अनलाइन नेपालले गरेको प्रश्नमा रामचन्द्र संघाईले भने, मैले दुई/ तीन पटक सिआईबीमा पुगेर कागजात बुझाएको छु , अरु त थाहा भएन,पछि कुरा गरौला।’



    सिआईबी स्रोतले भने  अनुसन्धानकै क्रममा भएको बिषयमा अहिले कुनै प्रतिक्रिया दिन नमिल्ने वतायो ।

    नेपाल उद्योग वाणिज्य महासंघमा एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका संघाई सिआईबीको छानविनपछि  लुकिछिपी हिँडिरहेका छन्।

    उनी पक्राउ पर्ने डरले बाहिर धेरै प्रचारमा हिंड्न छाडेको स्रोत वताउँछ।

    संघाईकै कारण चुनावको मुखमा  ढकाललाई ठूलो धक्का लाग्ने अवस्था देखिएको छ। त्यसो त राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको छ।

    रामचन्द संघाईले ८ बर्षदेखी सिद्धार्थ ग्यास उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको भन्दै बिभिन्न निकायहरुमा उजुरी परेपछि छानविन भइरहेको छ ।

    उजुरी गर्ने अरु कोही नभएर उनकै पार्टनर रमेश अग्रवाल हुन। जसका कारण पनि प्रहरी र राजश्वलाई छानविनमा सहयोग पुगेको छ। संघाईले सिद्धार्थ ग्यास उद्योगको बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट र विदेशी मुद्रा अपचलन गर्दै आइरहेको खुलेको छ ।

    त्रिवेणी समूह अन्तर्गतको संघाई ग्रुपले चलाएको उक्त ग्यास उद्योगले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ ।

    यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०१२ र १०र०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पु-याउने सम्झौता भएको देखिन्छ ।

    संघाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार छ सय प्रति टन दर ड्राफ्ट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा छ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत भेटिएको राजश्वको अनुसन्धानका क्रममा पुस्टि भएको स्रोतको दाबी छ।

    संघाईले विदेशी मुद्रा अपचलन र राजश्व छली गर्दै आएको भन्दै छानविन गरी कारबाही गर्न उनकै पार्ट्नर रमेश अग्रवालले विभिन्न निकायमा उजुरी दिएका थिए।

    संघाईले विदेशी मुद्रा अपचलन गरि आफुलाई शेयर नदिएर ठगी गरेको भन्दै अग्रवालले  सिआईबीमा उजुरी दिएको वताए।

    आफुले सिद्धार्थ ग्यास उद्योगमा हालेको करोडौ रकम ठगी गरी शेयर समेत नदिएको र हिसाबकिताब लुकाएको अग्रवालले सँघाईमाथि पत्रकार सम्मेलन नै गरी आरोप लगाएका थिए। संघाई भने आफुले कानुनसम्मत काम गरेको र कसैलाई ठगी नगरेको वताउँछन्।

    सिद्धार्थ ग्यास उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको  अनुसन्धानका क्रममा खुलेको पनि स्रोतको भनाइ छ।

    यो हिसाबले हालसम्म ८ बर्षमा करिव १५ करोड भन्दा बढि राजश्व छली र अपचलन भएको स्रोत वताउँछ ।

    त्रिवेणी ग्रुपका पुरुषोत्तमलाल संघाई, सुवासचन्द संघाई, विरेन्द्रलाल संघाई र रामचन्द्र संघाईको लगानी सिद्धार्थ ग्यास उद्योग प्रालिमा रहेको छ ।

    सिद्धार्थ ग्यास उद्योग प्रालिका अध्यक्ष हुन, रामचन्द्र संघाई। संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी नदिएको र ठूलो मात्रामा राजश्व छली गर्दै आएको भन्दै अग्रवालले उजुरी दिएका थिए ।

    एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाई केही समय अघि जुवा केसमा पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार