Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापा भन्छन्- ‘नेपाल’ नामको अगाडि कुनै शब्द जोड्नु आवश्यक छैन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडि विशेषण जोड्न आवश्यक नभएको वताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि कुनै विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठिक छ । नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’

राजपत्रमा नेपालको नामाकरणसम्बन्धी प्रकाशित सूचनालाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077