Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • विश्वमा कोरोना निको हुने दर ७१.३४, नेपालमा ७९.८० प्रतिशत

    विश्वमा कोरोना निको हुने दर ७१.३४, नेपालमा ७९.८० प्रतिशत

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना महामारी फैलिरहेको भएपनि कोरोना मुक्तहुने दर भने उच्च नै रहेको छ । आज विहान नेपाली समय अनुसार ११ः३० बजे यो समाचार तयार पार्दासम्मको अवस्थामा विश्वभर कोरोना मुक्त हुने दर ७१.३४ प्रतिशत रहेको पाइयो भने नेपालमा ७९.८० प्रतिशतलाई कोरोना मुक्त भएको रेकर्ड छ ।

    हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख ३५ हजार १४ जना पुगेको छ भने कोरोना पुष्टि भएकामध्ये ३ करोड ४९ लाख ८४ हजार ४ सय २२ जना संक्रमणमुक्त भएका छन् ।



    विश्भर कोरोनाको मृत्युदर भने २.५२ प्रतिशत रहेको छ भने नेपालमा ०.५६ प्रतिशत मात्र रहेको छ । कोरोनाले विश्वभर १२ लाख ३९ हजार ६ सय ६० जनाको ज्यान गइसकेको छ ।



    नेपालको कुल संक्रमित संख्या १ लाख ८५ हजार ९ सय ७४ हुँदा निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाका कारण १ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।

    यस्तो छ टप ४० भित्र परेका देशहरूकाे कोरोनाको रेकर्ड

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार