Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अमेरिकामा फेरि नयाँ रेकर्ड

    अमेरिकामा फेरि नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । अमेरिकामा यतिबेला नयाँ राष्ट्रपति को बन्छ भन्ने विषयले चर्चा पाइरहेको छ । हो, ठ्याक्कै यही बेला अमेरिकामा अर्को पनि नयाँ रेकर्ड बन्दै गएको छ ।

    अर्को नयाँ रेकर्ड चाहिं कोरोना भाइरसको संक्रमणको हो । जसले दिनदिनै रेकर्ड कायम राखेको छ । अमेरिकामा बिहीबार मात्रै कम्तीमा एक लाख २१ हजार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।



    विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख ३४ हजार ७ सय ६६ पुग्दा अमेरिकामा मात्रै सबैभन्दा बढि ९९ लाख १९ हजार ५ सय २२ जना पुगेको छ ।



    अमेरिकामा नेपाली समय अनुसार शुक्रबार विहान ११ बजेसम्म २ लाख ४० हजार ९ सय ५३ जनाले कोरानाकै कारण ज्यान गुमाइसकेका छन् । बिहीबार मात्र एक हजार एक सय ८७ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।

    अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको यो दोस्रो दिन हो । यसअघि बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको थियो ।

    अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट बुधबार एकैदिन ६ अंकमा संक्रमित भेटिएका हुन् । त्यस्तै बुधबार एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको थियो ।

    विज्ञहरुले जाडो सुरु भएसँगै कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिइरहेका बेला अमेरिकामा दिनदिन संक्रमणले रेकर्ड कायम गरिरहेको छ।

    पछिल्लो समय अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

    आज विहान ११ बजेसम्मको रेकर्ड अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख ३४ हजार ७ सय ६६ पुगेको छ भने कोरोनाले विश्वभर १२ लाख ३९ हजार ६ सय ६० जनाको ज्यान गइसकेको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ३ करोड ४९ लाख ८४ हजार ४१ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार