Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नरवणेले गरे राष्ट्रपति चढ्ने हेलिकोप्टरमा माउन्टेन फ्लाईट

    नरवणेले गरे राष्ट्रपति चढ्ने हेलिकोप्टरमा माउन्टेन फ्लाईट

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे सोलुखुम्बु पुगेका छन् ।

    नरवणेले शुक्रवार विहान माउन्टेन फ्लाईट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका लागी खरिद गरिएको हेलिकप्टरमा उनले माउन्टेन फ्लाईट गरेका हुन् ।



    माउन्टेन फलाईटपछि उनी खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम तय गरिएको छ ।



    नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्नेछन् ।

    शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली र नरवणेबीच शिष्टाचार भेटवार्ता हुँदैछ । उक्त भेटवार्तापछि शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागीता पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार