आईपीएल

दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा

दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा

अनलाइन नेपाल
  • शुक्रबार, कार्तिक २१ २०७७

  • 5.2K
    SHARES

  • दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा

    काठमाडौं।  दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा मुम्बई इन्डियन्स पुगेको छ। बिहीबार राति सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर मुम्बईलाई ब्याटिङको निम्ता दिएको थियो। पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन जोडेको थियो। २०१ रनको उच्च लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ को क्षतिमा मात्र १४३ रनमा समेटियो।

    दिल्लीका अघिल्ला तिन ब्याट्समेन कुनै रन नबनाई शून्य रनमै आउट भए। पाँचौँ नम्बरमा आएका मार्कस स्टोनिसले ६५ रन जोडे भने अक्सर पटेलले ४२ रन बनाए। त्यस्तै कगिसो रबाडाले नटआउट १५ र कप्तान श्रेयस अयरले १२ रन जोडे।

    दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जसप्रित बुम्राहले ४ विकेट लिए। किफायती बलिङ गरेका उनले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चिए। त्यस्तै ट्रेन्ट बोल्टले पनि २ ओभरमा १ मेडन राखेर ९ रन खर्चिदै २ विकेट लिए। त्यस्तै किएरोन पोलार्ड र क्रुनल पान्ड्याको नाममा १/१ विकेट रह्यो।

    जितसँगै साविक विजेतासमेत रहेको मुम्बईले दोस्रो क्वालिफायरबाट आउने विजेतासँग फाइनलमा भिड्नेछ।

    हार व्यहोरे पनि दिल्लीले फाइनलका लागि आइतबार दोस्रो क्वालिफायर खेल्नेछ। क्वालिफायरका लागि आज इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दैछन्।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार