Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोनाको जनसचेतना अभिवृद्धि गर्न एनसेलद्वारा स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

    कोरोनाको जनसचेतना अभिवृद्धि गर्न एनसेलद्वारा स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

    कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको  अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ ।



    यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’



    निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भुमिका निर्वाह गर्दै आएको छ ।

    कोरोना जस्तो संकटको सामना गर्नको लागि विभिन्न सरोकारवालाहरुसँगको सहकार्य आवश्यक पर्दछ जसले गर्दा सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, ‘पुरै विश्व नै यस स्वास्थ्य संकटको विशम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्दछ ।

    कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सरह्ना गर्दछौं ।’ कोरोनाभाइरस महामारीको प्रतिकार्यका लागि पुरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेका छन् । हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य छ ।”
    ‘कोभिड–१९ बालबालिका, परिवार तथा पुरै विश्वभरका समुदायको लागि सार्वजनिक स्वास्थ्य संकटको रुपमा रहेको छ । यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेल जस्ता विभिन्न निजी संस्थाहरुसँगको सहकार्यले कोरोना विरुद्घको अभियानमा वास्तवमै ठूलो महत्व राख्दछ । विशेषत यस संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपुर्ण सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकैनै महत्वपूर्ण छ,’ नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन् ।
    एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्घिमा सहयोग गर्ने प्रतिबद्घताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार