काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आफु कार्यकारी निर्देशक भएको जानकारी पाएकाे भएपनि आधिकारीक पत्र नपाएको पौडेलले जानकारी दिए । ‘नियुक्तिबारे मिडियाबाट जानकारी पाएको छु । आधिकारीक पत्र भने पाएको छैन ।’ उनले भने ।
लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो ।
Leave a Reply