Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्झौता कार्यान्वयन गर्न डा. केसीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डा. केसीले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर विगतमा बारम्बार भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्झौता विपरीत काम गरेकाले निरन्तर खबरदारी गर्नुको विकल्प नभएकाे बताए ।

१९औं अनशनको बेला भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै उनले सम्झौताहरु कार्यान्वनयको अवस्था कहाँ पुग्यो भन्दैसरकारलाई प्रश्नसमेत गरे ।

१९औं अनशन बसेका केसी र सरकारबीच गत असोज २४ गते राति ८ बुँदे सम्झौता भएको थियो । त्यसो भोलिपल्ट केसीले अनशन तोडेका थिए ।

साथै, उनले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा अफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077