Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

    कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्कालका लागि उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।



    अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थ्तििमा राख्न भनिएको छ ।



    नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार