Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नरवणे नेपाली सेनाका कति औं मानार्थ महारथी?

    नरवणे नेपाली सेनाका कति औं मानार्थ महारथी?

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज नेपाली सेनाको मानार्थ महारथी पाउनेछन्।

    जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् । भ्रमणको दोस्रो दिन आज (बिहीबार) उनले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यसूची छ ।



    नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ । तर, सैनिक इतिहासका जानकारहरु त्यसअघिबाट नै यस किसिमको सम्मान दिन थालिएको बताउँछन् ।



    बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा र पशुपतिनाथको दर्शन गरेका थिए । यसक्रममा उनी नेपाली ढाकाटोपीमा समेत सजिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार