Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्रपतिको निर्वाचन भइरहेको बेला चीनद्वारा अमेरिकालाई धम्की

    राष्ट्रपतिको निर्वाचन भइरहेको बेला चीनद्वारा अमेरिकालाई धम्की

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 5.2K
    SHARES

    एजेन्सी। अमेरिकामा राष्ट्रपतिको निर्वाचन भइरहेको बेला चीनले अमेरिकालाई धम्की दिएको छ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यदि अमेरिकाले ताइवानसँग ६० करोड डलर (लगभग ४४ सय करोड रुपैयाँ) को सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।





    अमेरिकाले ताइवानसँग सैन्य सम्झौता गरेको छ। जस अन्तर्गत अमेरिकाले ताइवानलाई ६०० मिलियन सशस्त्र ड्रोन बेच्दै छ।  ताइवानले अमेरिकाबाट हतियार प्राप्त गरेपछि ताइवानलाई आफ्नो सैन्य शक्ति र राजनीतिक स्थायित्व कायम गर्न मद्दत पुग्ने उसको विश्वास छ ।

    चीनलाई अमेरिका र ताइवान सम्झौताको कारण पनि चिन्ता लागेको छ । किनभने चीनले ताइवानलाई आफ्नो राज्य मान्दछ र यसलाई कब्जा गर्न धेरै पटक धम्की दियो। गृहयुद्धको क्रममा ताइवान चीनबाट १९४९ मा छुट्टिएको थियो। यस घटनादेखि चीन र ताइवानमा द्वन्द्व चलिरहेको छ।

    चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले ताइवानसँगको सैनिक सम्झौता रद्द गर्नुपर्ने वताए ।उनले भने, ‘ताइवान चीनको एक हिस्सा हो र हामी कुनै पनि विदेशी शक्तिको हस्तक्षेप सहन सक्दैनौ । यदि अमेरिकाले ताइवानलाई हतियार बेच्ने सम्झौता रद्द गरेन भने यसले चीन र अमेरिका बीचको सम्बन्ध बिगार्नेछ र ताइवानले चीनको शान्तिलाई असर गर्न सक्छ।

    चाखलाग्दो कुरा के छ भने गत हप्ता मात्र अमेरिकाले ताइवानलाई २३७ करोड  डलरको हार्पुन मिसाइल बेच्न सम्झौता गरेको थियो। त्यस बेला चीनले उक्त सम्झौताको कडा विरोध गरेको थियो। चीनले हतियार आपूर्ति गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने धम्कीसमेत दिएको थियो।

    अमेरिकाको हरपुन मिसाइल अत्यन्त शक्तिशाली मानिन्छ। यो मिसाइलमा युद्धपोत र जमिनहरु नष्ट गर्न सक्ने क्षमता छ। यो मिसाइलमा जिपिएस प्रणाली पनि छ, जसले सहि आक्रमणमा मद्दत गर्दछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार