Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गैंडाकोटबाट हराएका दाजुभाईको शव जयश्री खोलामा फेला

    गैंडाकोटबाट हराएका दाजुभाईको शव जयश्री खोलामा फेला

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 4.7K
    SHARES

    गैंडाकोट । जयश्री खोलामा भेटिएका २ वटा शव  गैंडाकोट ३ बाट हराएका  दाजुभाईको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।

    भेटिएका शवको मृतकको आफन्तले पहिचान गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिए ।



    गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए ।



    विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर, उनीहरुको आज शव फेला परेको हो ।

    पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

    जंगलमा घाँस दाउरा गर्न आउनेले वडाअध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उनले गैंडाकोट प्रहरीलाई खवर गरेका थिए । शव घटनास्थलमै रहेको छ ।  अहिले घटनास्थल सुरक्षित राखिने र वाँकी प्रकृया भोलि विहान गरिने प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले वताए ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    दाजुभाईले कपडा र चप्पल खोलेर पौडी खेल्ने क्रममा पानीमा डुबेको आशंका गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार