नवलपरासी । नवलपरासीकाे बुलिगंटार पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएकाे छ ।
कालीगण्डकी करीडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका-३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
आज अपरान्ह बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका-४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताए ।
मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताए ।
सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरि गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । घटना पाँच बजे घटे को तर मृतकको शब भने ६.४५ मा मात्र निकाल्न सफल भएको र एक जनाको शब सात बजे साँझ मात्र निकालिएको बुलिगंटार प्रहरी चौकीले जनाएको छ ।
Leave a Reply