Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काेराेना संक्रमण देखिँदा आफूखुशी औषधि सेवन नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077