Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • त्रिविको परीक्षा दिन काठमाडाैं आउन नपर्ने, पायकपर्ने ठाउँबाट दिन पाइने

    त्रिविको परीक्षा दिन काठमाडाैं आउन नपर्ने, पायकपर्ने ठाउँबाट दिन पाइने

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिविकाे याे निर्णयसँगै परीक्षा दिनकै लागि काठमाडाैं आउनुपर्ने विद्यार्थीलाई राहात मिलेकाे छ ।

    त्रिविको रजिष्ट्रार डा. पेशल दाहालले कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।



    यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।



    लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । ‘हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।’ प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था मिलाइएको छ ।

    कोभिड-१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ । रजिष्ट्रार डा दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार