काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । बुधबार उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् ।
उनले धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने बताएका छन् ।
उनले आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप लगाए ।
उनले नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै आफ्नो जित घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नर्थ क्यारोलियामा हामीले जितिसकेका छौँ । यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’
स्रोत : बीबीसी
Leave a Reply